एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

नेकपा (एमाले)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ। आइतबार बसेको एमाले स्थायी कमिटी बैठकले देउवालाई विश्वासको मत नदिने निर्णय गरेको हो।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार कसैले देउवालाई समर्थन गरे ति एमाले हुन नसक्ने बताए। देउवालाई विश्वासको मत दिने सांसद एमाले नरहने प्रष्ट पारेका छन्।

असार २८ गते सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनासँगै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो । सोही अनुसार असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।

प्रधानमन्त्री नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार कांग्रेसका सभापति देउवाले विश्वासको मत लिन लागेका हुन्।

दोस्रो पटक संसद् पुनर्स्थापनापछि प्रतिनिधिसभाको बैठक बस्न लागेको हो । पहिलो बैठकले शोक प्रस्ताव पारित गर्नेछ । दोस्रो बैठकमा देउवाले विश्वासको मत लिन लागेका हुन्।

२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा चार रिक्त रहेकोले हाल २७१ सदस्य कायम छन्। यो अंकगणितअनुसार नयाँ सरकारका लागि  १ सय ३६ सांसदको समर्थन चाहिन्छ। अहिले संसदमा एमालेका १२१, कांग्रेसका ६१, माओवादी केन्द्रका ४८ र जसपाका ३४ (२ निलम्बित) छन्। तीनजना स्वतन्त्र हैसियतमा छन्।

देउवालाई एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहसँगै माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समूह र स्वतन्त्र सांसदले साथ दिने देखिएको छ । एमालेको नेपाल समूहको साथ पाएमा देउवाले विश्वासको मत पाउने देखिन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button