एटिएममा भोटेताल्चा (भिडियाे पनि हेर्नुस् )

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काेहलपुर। कोहलपुर नगरपालिका वडा नम्बर ११ मा अवस्थित राष्ट्रिय वाणिज्य बैंकको एटीएममा ताल्चा लगाइएको छ। यो शाखाको एटिएमबाट दैनिक १० लाख सम्म एटिएम प्रयोगकर्ताहरुले नगद सुविधा लिन्छन्।

तर केही महिनादेखि कोहलपुर राष्ट्रिय वाणिज्य बैंक शाखाको एटिएम सञ्चालनमा नआएको शाखा प्रबन्धक बिष्णु प्रसाद पोखरेल स्वीकार्छन्।

बिहान १०:१५ मा पच्चीस हजारको चेक बुझाई भवनको दोस्रो तलाको भर्याङमा अडेस लगाएर नगदलिन १:१५ बजे‌सम्म पर्खाइमा बसिरहेका डब्बर पुनले भने ‘एटिएमले काम गरेको भए सजिलै आफ्नो पैसा निकालेर काहां-काहां पुगिन्थ्यो।’

बैङकका सिनेर सुपरिटेन्डेन्ट अनु ढकालले भनिन् हाम्रो बैङ्कको एटिएम अन्य बैङ्कको एटिएम मेसिनमा‌ प्रयोग गर्दा एकपटकको २०‌ देखी ५० रुपैयाँ सेवा शुल्क‌ लाग्छ।

याे‌ बैंकमा २६ हजार ५ सय एघार जनाको खाता रहेको छ। प्रत्येक दिन ६५ देखि ‌‌‌‌७० जनाले यस शाखाको एटिएम प्रयोग गर्ने शाखा प्रबन्धक पाेख्रेलले बताए।

राष्ट्रिय वाणिज्य बैंक कोहलपुर शाखा बाट नजिकको अर्को शाखा १८ किलोमिटर बर्दियाको बासगढीमा अवस्थित छ भने १६ किलोमिटरको दुरीमा नेपालगञ्जमा अर्को शाखा रहेको छ।

बाध्य भएर चेक लिएर आएको बताउँदै १० हजारको चेक हातमा लिई पालो पर्खेर लाइनमा बसेका सर्व जित घर्ती मगरले दुखेसो पोखे।

बैङ्कमा थोरै रकम निकाल्न पनि सेवाग्राही लाईनै लाग्नुपर्ने बाध्यता कहिले सम्म भन्ने प्रश्न गर्दा एक डेढ महिनामा एटिएम मेसिन वन्ने वा नयाँ ल्याउने पाेख्ररेल‌ले जानकारी दिए।

भिडियो  हेर्नु याे लिङ्कमा जानुहाेस।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button