उपत्यकामा थप एकसाता लकडाउन हुने।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

उपत्यकामा पुनः एक साताका लागि निषेधाज्ञा थप गरिएको छ । आइतबार बसेको उपत्यकाका तीन जिल्लाका सिडिओहरुको बैठकले जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई थप एक साता बढाउने निर्णय गरेको हो ।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित पुनः एक साताका लागि निषेधाज्ञा थप गरेको छ ।

एक साताका लागि थप गरिएको निषेधाज्ञा भने खुकुलो बनाइएको छ । अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खुल्ने, अनलाइन डोम डेलिभरी सेवा पनि सञ्चालन हुने र शैक्षिक सत्र सुरु हुने बेला भएकाले प्रशासनले पुस्तक पसल पनि खोल्न दिने निर्णय गरेको छ ।

यसअघि खाद्यान्न, किराना, तरकारी पसल, फलफूल पसललाई बिहान ९ बजेसम्म मात्र खोल्न दिइएको थियो । तर, अब २ घन्टा थप गरिएको छ ।

तीन जिल्लाका सिडिओहरुको बैठकले अपरान्ह ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने निर्णय पनि गरेको छ ।

बैठकमा यातायात सञ्चालनसम्बन्धी कुनै छलफल गरिएको छैन । यसअघि जेठ मसान्तपछि जोर विजोर प्रणालीमा सवारी चलाउने भन्ने भनिए पनि तत्काललाई यस विषयमा सिडिओहरुको कुरा नभएको बताइएको छ ।

उपत्यकामा १६ वैशाखदेखि निषेधाज्ञा हालसम्म जारी रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button