उनिहरुले भनेको जस्तो मैले गर्न मानिन त्यसैले मलाई निकालियो।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

सिङ्गिङ रियलिटी शो ‘इन्डियन आइडल’लाई लिएर चर्को विवाद हुन थालेको छ । किशोर कुमारका छोरा अमित कुमारपछि सुनिधि चौहानले ‘इन्डियन आइडल’को विश्वासनीयतामाथि सवाल खडा गरेकी छन् ।

सुनिधि चौहानले भर्खरै यस शोको विवादबारे बाल्दै भनेकी छन्, ‘सबैको तारिफ गर्नका लागि भनेका थिएनन्, भने तर तारिफ गर्न भनेका थिए । मैले उनीहरुको कुरा मानिन । त्यसैले म शोबाट अलग हुनुपर्‍यो ।’

सुनिधि चौहानले ‘इन्डियन आइडल ५ र ६’ सिजनको जजहरुलाई इंगित गर्दै यस्तो बताएकी हुन् । सुनिधिले थप भनेकी छन्, ‘हामीले कहिल्यै शोका जजहरु नेहा कक्कड, विशाल ददलानी र हिमेश रेशमियाले कन्टेस्टेन्टहरुलाई तयार गरेका देखेनौं । हामीले अमित कुमारवाला अन्तर्वार्ता भुल्न चाहदैनथ्यौं । उनीहरुले साफ शब्दमा शोका कन्टेस्टेन्टहरुको तारिफ गर्नका लागि निर्देशन दिएका थिए ।’

‘मलाई यस्तो लाग्यो कि यो सब दर्शकहरुको ध्यानाकर्षण गराउनका लागि गराइन्थ्यो । सायद दर्शकहरुलाई बाँधिराख्नका लागि यसले काम गथ्र्यो, तर यसले गर्दा कन्टेस्टेन्टहरुलाई नोक्सान हुन्थ्यो ।’

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button