इलामका गाउँ-गाउँमा कोरोना, परीक्षण नहुँदा झनै समस्या

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इलाम । देशभर फैलिएको कोरोनाको दोस्रो लहरले इलाम पनि अछुतो छैन । इलाका गाउँ–गाउँसम्मै कोरोना पुगेको छ । जिल्ला प्रसाशनको तथ्यङ्कअनुसार अहिलेसम्म इलाममा ७१८ जना संक्रमित भएका छन् भने १७ जनाको मृत्यु भएको छ ।

अहिले इलामका विभिन्न गाउँमा रुघा खोकी र ज्योरोका विमारीहरु वढेका छन् । कोरोनासँग सम्पूर्ण लक्षण मिल्ने विमारीरु गाउँमा निर्धक्क हिडडुल गरिरहेका छन् । उनीहरुले अहिलेसम्म कोरोना पनि परीक्षण गराएका छैनन् ।

इलामको माइजोगमाई गाउँपालिका– ४ नामसालिङको घुमाउने, चौकिडाँडा, सीमलीगाउँ, गैरीगाउँलगामा विमारी नभएको घर छैन । स्थानीयका अनुसार केही दिनअघि श्रीमान विमारी भए त्यसपछि श्रीमतीमा पनि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाृ थियो । अहिले त्यस्ता बिरामी गाउँभर भएको उनले बताए ।

मंगलबार ४५ जनाको परिक्षण गरिएकोमा २५ जनाको कोरोना रिपोट पोजेटीभ आएको थियो । जसले इमालका विभिन्न गाउँमा कोराना महामारी भित्रिएको पुष्टि गर्छ ।

इलाम नगरपालिका सबैभन्दा बढी कोरोना फैलिँएको आंशक गरिएको प्रमुख जिल्ला अधिकारी धुव्र वहादुर खड्काले बताउनुभयो । परीक्षणको दायरा तत्काले बढाउने र

निषेधाज्ञा वढाएर गाउँगाउँमा परीक्षण गरिने उहाँले जानकारी दिनुभयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button