इरानी दुई युद्धपोत प्रवेश: अमेरिका रुष्ट

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आन्ध्र महासागरमा इरानी दुई युद्धपोत प्रवेश गरेको घटनालाई लिएर अमेरिकी अधिकारीहरुले चासो र चिन्ता व्यक्त गरेका छन् ।

सिएनएन, पोलिटिको सहित पश्चिमा मिडियाका अनुसार हाल आन्ध्र महासागरमा रहेका ती युद्धपोतमाथि अमेरिकाले निगरानी बढाएको छ । यद्यपि युद्धपोत इरानबाट भेनेजुएला तर्फ जाँदै गरेको हुनसक्ने बताइएको छ ।

तर अमेरिकी अधिकारीहरुले त्यसमा अतियार र त्यससँग सम्बन्धित सामग्री बोकेर भेनेजुएला गएको हुनसक्ने भन्दै निगरानी बढाएका हुन् ।

गत महिना इरानको दक्षिणी बन्दरगाह बन्दर अब्बासबाट प्रस्थान गरेको जलसेनाको टोलीको अन्तिम गन्तव्यबारे आधिकारिक रुपमा प्रस्ट विवरण आएको छैन ।

इरान र भेनेजुएलाको पछिल्लो समय निकटस्थ सम्बन्ध भएकाले पनि कतिपयले पानी जहाजमार्फत् इरानले भेनेजुएलालाई हतियार निर्यात गर्न लागेको टिप्पणी गरेका छन् ।

अमेरिकी विदेशमन्त्रालयका प्रवक्ता नेड प्राइसले भने इरानी पानीजहाजले अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत हतियार ओसारपसार गर्ने प्रयास गरेमा अमेरिका जवाफ दिन तयार रहेको भन्दै चेतावनी दिएका छन् ।

यस्तै, अमेरिकी रक्षामन्त्री लोइड अस्टिनले हतियार बोकेका दुई इरानी पानीजहाज भेनेजुएलातर्फ जान लागेको समाचारप्रति आफू निकै चिन्तित भएको प्रतिक्रिया दिए ।

सिनेटको सुरक्षा समितिमा अस्टिनले भने, ‘हाम्रो छिमेकमा हुने कुनै पनि प्रकारको हतियार विस्तारबाट म निकै चिन्तित छु । यस क्षेत्रमा हतियार उललब्ध गराउनका लागि इरानलाई अनुमति दिने काम मेरा लागि निकै ठूलो चिन्ताको विषय हो ।’

इरानले भने अमेरिकाले आफ्ना जहाजमाथि गर्ने हस्तक्षेपलाई अस्वीकार गरेको छ । इरानले ल्याटिन अमेरिकी देशहरुलाई हतियार पठाए पनि त्यसले अन्तर्राष्ट्रिय कानून उल्लंघन नहुने इरानको प्रतिक्रिया छ ।

गत वर्ष भेनेजुएलाले तिब्र रुपमा इन्धन अभाव झेलिरहँदा इरानले सहयोग स्वरुप भेनेजुएलालाई इन्धन पठाएको थियो । हाल इरान र भेनेजुएला दुबै देशले अमेरिकी नाकाबन्धी झेल्दैआएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button