इजरायल र प्यालेस्टाइन को युद्धका कारणहरु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

जेरुसेलम यहुदी, मुस्लिम र क्रिश्चियनको आस्थाको थल हो। यहाँ हरेक वर्ष रमादानका बेला प्रार्थना गर्न मुस्लिम समुदाय आउने गर्छन्। यस वर्ष पनि हजारौंका संख्यामा आएका थिए। तर, प्यालेस्टाइनबाट आएकालाई भित्र पस्न दिइएन। धरपकड भयो। त्यस क्रममा एक जनाको मृत्युसमेत हुन पुग्यो।

‘हामीले प्रार्थना गर्न प्रवेश दिँदै नदिएको होइन। दिएको हो। व्यवस्थित भने गरेका थियौं’, यसबारे इजरायलका अधिकारीको प्रतिक्रिया थियो, ‘तर, उनीहरूले जेरुसलेमलाई नै निशाना बनाए। हाम्रो पवित्र आस्थाको केन्द्रमाथि ठूलो ठेस पुर्‍याए। हामी चुप रहन सक्दैनौं।’

जेरुसेलममा प्रवेश रोकिएको घटनालाई प्यालेस्टाइनले भने प्रतिशोधका रूपमा लियो। हमास समूहले लगत्तै रकेट प्रहार थाल्यो। प्यालेस्टाइनको गाजा क्षेत्रबाट आस्कलोन, अज्दोत, तेल अभिवतर्फ आक्रमण सुरु भयो। त्यो अरिंगालको गोलामा हात हाल्नुसरह थियो।

जवाफमा इजरायलले पनि हवाई र सैन्य कारबाही सुरु गर्‍यो। हमासका मुख्य अड्डा र लडाकु रहेको भन्दै गाजाका अग्ला दुई भवन ध्वस्त बनाइदियो। त्यहाँ महत्वपूर्ण सामग्रीहरू नस्ट गर्न सफल भएको इजरायलका स्थानीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। भवन ध्वस्त गर्नुअघि सर्वसाधारणलाई भने त्यहाँबाट हट्न सूचित गरिएको थियो।

अहिलेसम्म प्यालेस्टाइनबाट तीन हजार एक सयभन्दा बढी रकेट प्रहार भइसकेको इजरायलले जनाएको छ। इजरायलको तर्फबाट ७ हजारभन्दा माथि रकेट आक्रमण भएको छ। इजरायलले आइतबार राति गाजामाथि १० मिनेटसम्म हवाई कारबाही गरेको थियो। प्रतिवादमा सोमबार बिहानदेखि गाजातर्फबाट निरन्तर आक्रमण भइरहेको छ। आफ्ना सत्तरी प्रतिशत जनताको जीवनरक्षा गर्ने हेतु यो कारबाही गरेको उनीहरूको दाबी छ।

प्यालेस्टाइनले रेडलाइन नाघेको भन्दै रिसाएका यहुदीहरूले गत शुक्रबार राति १ सय ६० सैनिक जहाजसहित गाजा क्षेत्र प्रवेश गरी कारबाही गरेका थिए। जमिन मुनिबाट इजरायल प्रवेश गर्न अनेक सुरुङ बनाएको सुराक पाएपछि ती सबै ध्वस्त गर्ने योजना इजरायलको छ। धेरैजसोलाई ध्वस्त पारी हमास संगठनका नेताहरूलाई मार्न सफल भएको स्थानीय समाचारहरूमा जनाइएको छ।

२२ हजार १४५ वर्ग किलोमिटरमा फैलिएको सानो तरुल जस्तै सुन्दर इजरायल टापु उन्नतिको चरमा शिखरमा छ। टापु यो मुलुकको पश्चिममा मिश्र, पूर्वमा जोर्डन, उत्तरपूर्वमा लेबनान र दक्षिणी भाग लालसागरसम्म छ। सिरियाले उत्तर पूर्वबाट घेरेको छ। करिब ९० लाख जनसंख्या सधैं अशान्ति, हिंसा र द्वन्द्व भने भोगिरहेका छन्।

वर्तमान घटनाको प्रभाव इजरायलको आन्तरिक जीवनमा समेत परेको छ। इजरायलका धेरै सहरमा यहुदी र अरबिक सुमधुर भाइचारा सम्बन्ध बनाएर बसेका छन्। उनीहरूमा प्रगाढ सम्बन्ध छ। तर, अहिलेको अवस्थाले ती सुन्दर सम्बन्ध बिगार्दै लगेको पाइन्छ।

यसका बाबजुद कति त अझै उस्तै मिलेर बसेका छन्। धेरैजसो भड्किएका छन्। उनीहरूबीच आपसमा झडप बढेका छन्। एक–अर्काका गाडी जलाइदिने गरेका घटना पनि सुनिन्छन्। कतिपय ठाउँमा त घरमै पसेर कुटपिट गर्ने क्रियाकलाप भइरहेको छ। सर्वसाधारणका लागि यो सबैभन्दा डरमर्दो अवस्था हो।

सन् २०१४ मा पनि ५ साता द्वन्द्व चर्किएको थियो। त्यसबेला भन्दा अहिले धेरै अनियन्त्रित हुँदै गएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button