इजरायलमा २ लाख तलव सुविधा सहित कामदारको लागि आवेदन खुल्यो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

इजरायलले केही दिनअघि मात्रै केयरगिभरका लागि एक हजार नेपाली कामदारको डिमाण्ड पठाएको थियो । जसमा करिब ७ सय महिला र ३ सय पुरुष लैजाने बताइएको छ । मासिक न्युनतम तलब लगभग १ हजार ६ सय अमेरिकी डलर अर्थात् करिब १ लाख ८८ हजार भन्दा बढी नेपाली रुपैँया दिने उल्लेख गरिएको छ ।

के कस्ता योग्यता चाहिन्छ ?

केयरगिभरमा इजरायल जान चाहनेहरुले कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमएसम्बन्धी विषयमा १५ महिनाको अध्ययन पूरा गरेको हुनु पर्नेछ । त्यस्तै १२ कक्षा वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त प्रशिक्षण केन्द्रमार्फत तालिम लिएको भए पनि योग्यता सदर हुने सुचनामा उल्लेख छ ।

त्यस्तैगरी अंग्रेजी भाषामा दक्ष भएको हुनु पर्नेछ । शारीरिक तथा मानसिक रुपमा स्वस्थ र असल चरित्र भएको हुनु पर्नेछ ।

उमेरको हकमा नेपाली नागरिक भइ २५ वर्ष उमेर पुरा भएर ४५ वर्ष ननाघेको हुनुपर्ने छ । चार फिट नौ इन्च हुन पर्नेछ । त्यस्तै तौलको हकमा कम्तिमा ४५ केजीको हुन पर्नेछ ।

काम गर्ने अवधि र अन्य सुविधा

केयरगिभरमा इजरायल जाने नेपाली कामदारले कम्तिमा एक महिनामा २४ दिन काम गर्नुपर्नेछ । खाने खर्च स्वयम कामदारले गर्नु पर्नेछ । बस्नका लागि भने रोजगारदाताले विदेशी कामदार सम्बन्धी नियमअनुसार व्यवस्था गर्नुपर्नेछ । ओभर टाइम र अन्य सेवा सुविधा इजरायली सरकारको नियम अनुसार हुने सुचनामा बताइएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button