आधारभूत पत्रकारिता तालिम सम्पन्न

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

कोहलपुर। कर्णाली 24 डट कमले आफ्ना सहकर्मीको पत्रकारीतामा क्षमता अभिवृद्धि गर्न अनलाइनमा तीन दिने आधारभूत पत्रकारिता तालिम दिएको छ ।

उक्त तालिम सञ्चार, आमसञ्चार, पत्रकारिता, समाचार, समाचार लेखन, फोटो र पत्रकार आचार संहिताका विषयका सैद्धान्तिक र व्यवहारिक अभ्यासका विषयमा केन्द्रीत रहेको थियो ।

तालिम समापनका अवसरमा बर्दियाको मधुवन नगरपालिकाबाट सहभागी सनिश थारु र रामपुर नगरपालिका पाल्पाकी सरु हमालले आफूले सिकेको पत्रकारिताको व्यवसायिक सीपलाई व्यवहारमा उतार्ने बताएका थिए ।

कर्णाली २४ का सम्पादक सुब्बा मगर र प्रशान्त आचार्यले सहकर्मीहरुका लागि आगामी दिनमा समेत पत्रकारिताका एड्भान्स तालिम आयोजना गर्ने  जनाएका थिए । साथै अहिले सिकेको समाचार लेखन सीपहरुलाई आफ्नो पक्षमा बाेल्न नसक्नेहरुकाे निम्ति कलम चलाउन उत्साह दिए।

अन्नपूर्ण पोस्ट् दैनिकका उप सम्पादक शंकरप्रसाद खनाल प्रशिक्षक रहेको तालिममा बाँके, बर्दिया, सुर्खेत, मुगु, हेटौंडा र पाल्पाका  २० जनाको सहभागिता रहेको थियो ।

 

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button