आज नेपालमा ८५५ जनामा कोरोना संक्रमणको पुष्टि

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज नेपालमा एकैदिन ८५५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले थप ८५५ जना नयाँ बिरामी थपिएसँगै कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको जानकारी दिए ।

जसमध्ये काठमाडौं जिल्लामा मात्रै आज १९९ जनामा कोरोना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार आज ३१३ निको हुँदा देशभर निको हुनेको संख्या १९११९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार ३ सय २७ जनाको पीसीआर परीक्षण भएको प्रवक्ता गौतमले बताए । हालसम्म कुल ६ लाख २१ हजार ९ सय १ पीसीआर परीक्षण भएको छ । हाल देशभरका क्वारेन्टाइनमा १० हजार ४ सय ५३ जना व्यक्ति रहेका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button