आज नेपालमा कोरोनाबाट २३ वर्षकी गर्भवती महिला सहित ८ जनाले ज्यान गुमाए

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

आज नेपालमा  कोरोनाबाट ८ जनाले ज्यान गुमाएका छन् ।  बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बितेको  २४ घण्टामा ५ महिलासहित ८ जनाको मृत्यु भएको बताए ।  आज ज्यान गुमाउनेमा १ गर्भवती सहित ८ जना रहेको बताइएको छ ।

 

जसमा ललितपुर, बारा, कास्की, रुपन्देही र बाँकेका १–१ जना महिला तथा काठमाडौं, पर्सा र कपिलवस्तुका १–१ पुरुष रहेका छन् । आज ३३४ महिला ७७७ पुरुष गरेर ११११ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार १११ संक्रमित थपिएका छन् । यसँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३५ हजार ५३९ पुगेको उनले बताए ।

योसँगै देशभर ३५ हजार ५ सय २९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २० हजार ७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । यसअघि हिजोसम्म संक्रमणमुक्त हुनेको संख्या १९ हजार ५०४ थियो । त्यस्तै काठमाडौँमा २ सय ७० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button