आङ साङ सू चीको ७६औं जन्मा कपालमा फूल सिउरिएर आन्दोलनमा सहभागी।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

म्यानमारकी नेत्री आङ साङ सू चीको ७६औं जन्मदिनको अवसरमा शनिबार देशका विभिन्न सहरमा प्रदर्शनकारीहरु कपालमा फूल सिउरिएर आन्दोलनमा सहभागी भएका छन् ।

१९४५ को जुन १९ मा जन्मिएकी लोकप्रिय नेत्री सू चीको यही आइतबार जन्मदिन परेको छ । जसलाई म्यानमारको सेनाले सत्ता हत्याएपछि फेब्रुअरी १ मा पक्राउ गरी बन्दी बनाएको छ ।

तर उनका लाखौँ समर्थकहरुले जन्मदिनको अवसरमा उनलाई शुभकामना दिँदै सांकेतिक रुपमा सैन्य शासनको विरोध समेत गरेका छन् ।

जीवनभर लोकतन्त्र, मानवअधिकार र समानताका लागि संघर्षरत सू चीमाथि सैन्य सरकारले बन्दी बनाएर दर्जन बढी मुद्दा लगाएको छ । पछिल्लो पटक उनको पार्टी खारेज गर्दै उनीमाथि भ्रष्टाचार मुद्दा समेत लगाइएको छ । जुन मुद्दामा सू ची पराजित भइन् भने १५ वर्षसम्म जेल सजाय भोग्नु पर्नेछ ।

उनै लोकतन्त्रवादी नेत्री सू चीको एउटा अनौठो रुची छ । उनी सधैँ टाउकोमा कुनै न कुनै फूल सिउरिएकी देखिन्छिन् । हरेक भेटघाट, सार्वजनिक कार्यक्रम तथा सभा समारोहमा प्राय सधैँ फूल सिउरिएर जाने हुनाले फूलप्रति उनको विशेष लगाव भएको ठानिन्छ ।

उनैले फूल सिउरिए झैँ शनिबार प्रदर्शनकारीले पनि कपालमा फूल सिउरिएर सेनाको विरोध गरेका छन् । साथै विभिन्न सहरमा उनको फूल सिउरिएको तस्बिर टाँस्दै उनलाई शुभकामना समेत दिएका छन् ।

म्यानमारका विभिन्न सेलिब्रिटीहरुले समेत सामाजिक सञ्जालमा सू चीलाई जन्मदिनको अवसरमा शुभकामना दिएका छन् । म्यानमारकी मिस युनिभर्स ब्युटी क्विन थुजार विन्ट लिउनले पनि रातो फूलसहितको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै जन्मदिनको शुभकामना दिएकी छन् ।

रङ्गुन सहरमा भेला भएका हजारौँ प्रदर्शनकारीले बिजुलीका पोलमा उनका तस्बिर टाँस्दै जन्मदिनको शुभकामना दिए । म्यानमारमा सू का समर्थकहरुले आफूहरु उनको साथमा रहेको भन्दै शुभकामना दिएका छन् । केही प्रदर्शनकारीले भने कालो छाता र ‘डरबाट स्वतन्त्रता’जस्ता नारा लेखिएका ब्यानर सहित प्रदर्शन गरेका छन् ।

म्यानमारमा सेनाले सत्ता हत्याएपछि पनि प्रदर्शनकारीहरुले सडकमा उभिएका सुरक्षाकर्मीहरुलाई फूलका गुच्छा दिएर सांकेतिक रुपमा सैन्य शासनको विरोध गरेका थिए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button