विभूषितकाे अर्थ खाेज्न मन लाग्यो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा नेपाली कलाकारितामा योगदान पुर्‍याएका व्यक्तिहरुलाई पदकद्वारा सम्मान  गर्ने घोषणा गरेकी छन्।

राष्ट्रपति भण्डारीले लोकदोहोरी गायकदेखि चलचित्रका कलाकारलाई पदकद्वारा सम्मान गर्ने भएकी हुन्। प्रबल जनसेवाश्री पदकबाट गायिका विष्णु माझी, रमेश बुढाथोकी, कलाकार दीपाश्री निरौला, कलाकार हेमन्त बुढाथोकी, कलाकार चन्द्रप्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, दोहोरी गायक देविका प्रधान, लोकगायिका नवल खड्का, चलचित्र कलाकार प्रकाश घिमिरे र कलाकार कस्तुप पन्त सम्मान हुने भएका छन्।

त्यस्तै जनसेवाश्री पदकबाट हेमन्त शर्मा, गायक प्रकाश सपुत, गायक केकी अधिकारी, कलाकार अनमोल केसी, कलाकार मिलन चाम्स, अमेरिकी नेपाली दोहोरी गायिका अन्ना स्टिर, कलाकार शिवशंकर रिजाल जोगिन्दर,  नृत्यांगना तेरिया मगर, फिल्म निर्माता राजकुमार राई, मैथली कलाकार रञ्जु झा,  कलकार राधिका हमाल, गायक नविनकुमार पौड्याल, बहिरा कलाकार सुजल बम, नृत्यकार महेश प्रकाश हाडालाई सम्मान गरिने राष्ट्रपति भण्डारीले घोषणा गरेकी हुन।

महाउज्वल राष्ट्रदीपबाट भने स्वर सम्राट तथा संगीतज्ञ स्व.नारायणगोपाल गुरुवाचार्यलाई सम्मान गरिनेछ। सुप्रबल जनसेवाश्रीबट गीतकार कालीप्रसाद रिजाल, कलाकार गौरी मल्ल र कीर्तिमय राष्ट्रदीपबाट भने संगीतकार शम्भुजित बाँस्कोटालाई सम्मान गरिने भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button