आखिर किन देश छाड्न चाहन्छन् अफगानी जनता?

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

तालिवान लडाकुहरूले आइतबार राजधानी काबुलीस्थित राष्ट्रपति भवनसहित महत्त्वपूर्ण सरकारी कार्यालय नियन्त्रणमा लिएका थिए । देशका अधिकांश क्षेत्रमा पकड जनाएपछि उनीहरू राजधानी काबुल प्रवेश गरेका थिए ।

अफगान राष्ट्रपति असरफ घानी तथा अन्य केही वरिष्ठ अधिकारीहरू देश छोडेर भागेपछि तालिवानलाई शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्न वार्ता गरिएको थियो । सन् २००१ मा अमेरिकी सेनाले आक्रमण गरेपछि सत्ताच्युत भएको तालिवान दुई दशकपछि सत्तामा फर्केको हो ।

दोस्रोपटक सत्तामा पुगेपछि भने तालिवानले आफूलाई उदार देखाउने प्रयास गरिरहेको छ । उसले लुटपाट नगर्न, सार्वजनिक सम्पत्तिको संरक्षण गर्न, नागरिकहरूविरुद्ध कुनै कारबाही नगर्न तथा अफगानिस्तान छाड्न चाहनेलाई नरोक्न आफ्ना लडाकुहरूलाई निर्देशन दिइसकेको छ।

प्रवक्ता नइमले ‘अफगानिस्तानमा युद्ध सकिएको’ जनाएका छन् । अलजजिरा टेलिभिजनसँग कुरा गर्दै उनले ‘तालिवान विश्व परिवेशबाट अलग रहेर बस्न नसक्ने र अफगानिस्तानको शासन प्रणाली र त्यसको स्वरूपबारे छिट्टै जानकारी गराइने’ बताए । उनका अनुसार कन्दाहारस्थित विमानस्थल पूर्णरूपमा तालिवानले नियन्त्रणमा लिएको छ । तालिवान लडाकुहरूले तीन दिनदेखि घेराबन्दी गरेर राखेका हजारौं सुरक्षाकर्मीले आत्मसमर्पण त्यहाँको संघर्ष सकिएको नइमले जनाए । कन्दाहार अफगानिस्तानको दोस्रो ठूलो सहर हो ।

नइमले कुनै कूटनीतिक नियोग तथा कार्यालयहरू आफूहरूको निसानामा नरहेका र विदेशी तथा अफगान नागरिकाको सुरक्षाप्रति आफूहरू प्रतिबद्ध रहेको जनाएका छन् ।

‘हामी अफगान जनता, उनीहरूको सम्पत्ति र जीवन सुरक्षित हुने तथा कसैसँग पनि कुनै किसिमको प्रतिशोध लिइने छैन भनेर विश्वास दिलाउन चाहन्छौं,’ उनले भनेका छन् । तर धेरैजसो अफगानीहरू सन् १९९६ देखि २००१ सम्मको शासनकालमा जस्तो तालिवानहरू निर्दयी हुन्छन् कि भनेर डराइरहेका देखिन्छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button