अस्पतालमा आगलागी हुँदा चार जना कामदार घाइते।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौंको पानीपोखरीस्थित अन्तर्राष्ट्रिय बालमैत्री अस्पतालमा आगलागी हुँदा चार जना कामदार घाइते भएका छन् ।

अस्पतालको नवनिर्मित भवनमा मंगलबार दिउँसो आगलागी भएको महाराजगञ्ज प्रहरीले जनाएको छ । भवनमा बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ ।

आगलागीमा परी घाइते चार जना कामदारको शिक्षण अस्पतालमा उपचार गरिएको छ । आगो सेना प्रहरी लगाएतले आधा घण्टामा नियन्त्रणमा लिएको थियो ।

अस्पतालमा विद्युतको काम गरिरहेका कामदारले बिद्युत वाइरिङ गर्ने क्रममा आगलागी भएको जानकारी दिएका छन् । आगलागीबाट भएको क्षतिको पूर्वविवरण भने आएको छैन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button