अर्थमन्त्री बिष्णु पौडेलद्वारा शिलान्यस कार्यक्रमको तयारी भइरहेका बेला स्थानीय बासिन्दाले प्रदर्शन गरे।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

२१ फागुन २०७७ बुटवल । बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको शिलान्यस कार्यक्रमको तयारी भइरहेका बेला स्थानीय बासिन्दाले प्रदर्शन गरे।

अर्थमन्त्री विष्णु् पौडेलले औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम थियो। कार्यक्रम अघि स्थानीयले कार्यक्रम स्थलमा नाराबाजी र प्रदर्शन गरे।

प्रदर्शनकारीहरुले हातमा कालो झण्डा र प्लेकार्ड लिएर किसान मार्न पाइँदैन, भोगका आधारमा लालपूर्जा वितरण गरलगायतका नारा लगाए।

हिजो उनीहरुले कार्यक्रमका लागि बनाइएको मञ्च भत्काइदिएका थिए । अहिले त्यहाँ ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । तिनाउ नदी किनारको ८ सय १३ बिघा जग्गामा औद्योगिक क्षेत्र बनाउने तयारी छ ।

सहमति नगरी शिलान्यास गर्न लागिएको भन्दै स्थानीय विरोधमा उत्रिएका हुन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button