अभियान सुरु नहुँदै कोरोना बिरुद्धको खोप लगाएको आरोपमा पेरुको रास्ट्रपति पक्राउ।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

दक्षिण अमेरिकी मुलुक पेरुका पूर्वराष्ट्रपति मार्टिन भिज्कार्रालाई १० वर्ष सार्वजनिक पदमा बसेर काम गर्न प्रतिबन्ध लगाइएको छ । कोरोना भाइरसविरुद्धको खोप गोप्य रुपमा लगाएको आरोपमा उनलाई कारबाही गरिएको हो ।

समाचार संस्था रोयटर्स जनाएअनुसार पूर्वराष्ट्रपति मार्टिनले मुलुकमा कोरोनाविरुद्धको खोप अभियान सुरु हुनुपूर्व खोप लगाएका थिए । उनीसहित ४ सय ७० जनाको समूहले आधिकारिक रुपमा खोप अभियान सुरु हुनुपूर्व नै खोप लगाएको आरोप लागेको थियो । त्यही आरोपमा संसद्ले मार्टिनलाई १० वर्षसम्म सार्वजनिक पद धारणमा रोक लगाएको हो । पेरुको संसद्मा भएको मतदानमा मार्टिनलाई प्रतिबन्ध लगाउने पक्षमा ८६ मत परेको थियो । प्रस्तावको विपक्षमा कसैले मत हालेनन् ।

त्यस्तै पूर्वस्वास्थ्य मन्त्री पिलार माजेटीलाई ८ र पूर्वविदेश मन्त्री एलिजाबेथ एस्टेटलाई एक वर्ष सावजनिक पद धारणमा रोक लगाइएको छ । दुवै मन्त्रीले पनि अभियान सुरु हुनुपूर्व नै खोप लगाएका थिए । खोप काण्ड सार्वजनिक भएसँगै दुवैले राजीनामा दिएका थिए । गत फेब्रुअरीमा पूर्वराष्ट्रपति मार्टिनले आफू र श्रीमतीले गत वर्षको अक्टोबरमै चिनियाँ कम्पनी सिनोफार्मको परीक्षणमा खोप लगाएको दाबी गरेका थिए । तर पेरुमा सिनोफार्मको कोरोना खोपमा परीक्षणमा सहभागी स्थानीय विश्वविद्यालयले उक्त दाबीलाई खारेज गरेको बताएको छ ।

मार्टिन सन् २०१८ को मार्चमा पेरुको राष्ट्रपति बनेका थिए । सरकारी कार्यालयहरुमा हुने भ्रष्टाचार अन्त्य गर्ने वाचासँगै सत्तामा आएका उनी आफै भ्रष्टाचारको आरोपमा सत्ताबाट बाहिरिएका थिए । गत वर्षको नाभेम्बर महिनामा उनलाई संसद् भ्रष्टाचार आरोपमा महाभियोग लगाउँदै पदमुक्त गरेको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button