अब न्यूयोर्कदेखि लण्डनसम्म ३ घण्टा ३० मिनेट लाग्‍ने।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

वासिङटन: यूनाइटेड एयरलाइन्सले एयरलाइन स्टार्टअप बूम सुपरसोनिकबाट १५ वटा त्यस्ता विमान किन्ने घोषणा गरेको छ, जुन् विश्वमै सबैभन्दा द्रुत गतिका हुनेछन् ।

यूनाइटेडले बिहीबार यस्तो घोषणा गरेको हो । यूनाइटेडले २०२९ मा यात्रु बोक्ने गरी सक्ने गरी विमान तयार पारिँदै गरिएको दुई कम्पनीबाट जारी संयुक्त विज्ञप्तिमा भनिएको छ । सुरक्षा लगायत यूनाइटेडको माग अनुसार बूमले ओभरचर एयरक्राफ्ट तयार पारिरहेको हो ।

तर ती विमानको रकमबारे भने कम्पनीले सार्वजनिक गरेको छैन । तर विज्ञहरुले भने उक्त विमान तयार पार्न १० देखि १५ बिलियन डलर लाग्ने अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । विज्ञप्तिमा भने भुक्तानबारे केही उल्लेख छैन ।

तर विज्ञप्तिमा बताइए अनुसार बूमको विमान हाल बजारमा भएका एयरक्राफ्टको भन्दा दोब्बर गतिमा उडान गर्न सक्नेछ । यतिसम्म कि न्यूयोर्कदेखि लण्डनसम्म पुग्‍न यस नयाँ विमानलाई ३ घण्टा ३० मिनेट लाग्‍नेछ । यस्तै सन फ्रान्सिस्कोदेखि टोक्योसम्म ६ घण्टामै पुग्नेछ ।

यूनाइटेड कम्पनीका प्रमुख कार्यकारी स्कट किर्बीका अनुसार जनतासँग जोडिएर काम गर्ने उनीहरुको लक्ष्य हो । र हाल बूमसँग भइरहेको कामलाई पछि झन् ठूलो मात्रामा विस्तार गर्ने उनले बताए ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button