अफगानिस्तानमा ऋण तिर्न ३ बर्षे वालिकाहरु बेच्दै

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी । अफगानिस्तानमा गरीबीको चपेटमा परेका अभिभावकहरू ऋण तिर्न आफ्नै छोराछोरी अरुलाई बेच्न बा`ध्य भएका छन् ।

द वाल स्ट्रिट जर्नलको नयाँ रिपोर्टका अनुसार पश्चिमी क्षेत्रमा बस्ने, सरसफाइको काम गर्ने ४० वर्षीया सलेहाले अहिले आफ्नी ३ वर्षीया छोरी ५५० डलरमा बेचेका छन् । उनले ऋण लिएको व्यक्तिलाई आफ्नी ३ वर्षीया छोरी बेचेकी हुन् ।

रिपोर्टका अनुसार उनले ५५० डलर तिर्नुपर्ने थियो । तर, उनले दैनिक ७० सेन्ट मात्रै कमाउँछन् । उनका पति बेरोजगार बसिरहेका छन् । आफू भोकभोकै सुत्ने गरेकी पनि बताएकी छन् ।

उनले ऋण लिएका व्यक्ति खलिद एह्मदका अनुसार ऋण सुल्झाउन उनले ३ वर्षीया छोरी लिनैपर्ने भएको हो । उनी भन्छन्, ‘मसँग पनि त पैसा छैन । र उनीहरुले तिर्न सकिरहेका छैनन् । त्यसैले मसँग छोरी लैजानु बाहेक कुनै विक`ल्प छैन ।’

गत महिना संयु`क्त राष्ट्र संघले तालिबानको अचा`नक नियन्त्रण पश्चात् अफगानिस्तान अधिकतम गरीबीतर्फ मोडिरहेको चे`ता`वनी दिएको थियो । यूएनडीपी एसिया–प्यासेफिकका निर्देशक कन्नी विग्नराजाका अनुसार अबको एक वर्ष भित्रै अफगानिस्तानमा गरिबीको दर बढेर ९७ देखि ९८ प्रतिशतसम्म पुग्नेछ । न्युज२४ बाट

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button