अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र देशको शान्ति प्रक्रिया प्रमुख अब्देल्लाह अब्दुल्लाह अमेरिकी राष्ट्रपति बाइडेनसँग भेट गर्दै।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अफगानिस्तानका राष्ट्रपति अशरफ घानी र देशको शान्ति प्रक्रिया प्रमुख अब्देल्लाह अब्दुल्लाहले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेट गर्दैछन् ।

अमेरिका पुगेका उनीहरुले शुक्रबार राष्ट्रपति कार्यालय ह्वाइट हाउसमै पुगेर बाइडेनसँगको भेटवार्ता गर्न लागेका हुन् । अमेरिकी सेनालाई अफगानिस्तानबाट फिर्ता गर्ने तयारी भइरहँदा अफगान नेता घानी अमेरिका पुगेर भेटवार्ता गर्न लागेका हुन् ।

बाइडेनले यही वर्षको सेप्टेम्बर ११ सम्म अफगानिस्तानमा रहेका सबै अमेरिकी सैनिकलाई फिर्ता गर्न निर्देशन दिएका छन् । जुन अमेरिकामाथि आतंकवादी हमलाको २०औं स्मृति दिवस समेत हो ।

“राष्ट्रपति घानी र डा अब्दुल्लाह अब्दुल्लाहले अमेरिकी सेना फिर्ता गरिरहँदा अमेरिका र अफगानिस्तानबीच स्थायी साझेदारीको विषयलाई जोड दिनेन्,” प्रवक्ता जेन साकीले बताइन् ।

अमेरिकाले आफ्ना सेना सेप्टेम्बर ११ सम्म फिर्ता गरिसक्ने भनिरहँदा अफगानिस्तानमा युद्धरत सशस्त्र समूह तालिबानले भने सरकारी फौजसँग हरेक दिन भीडन्त गरिरहेको छ । साथै ४० जिल्लामा आफूहरुले कब्जा गरेको तालिबान समूहको दाबी छ ।

यस्तै शान्ति वार्ताको लागि अमेरिका पुगेका घानी र अब्दुल्लाहलाई लक्षित गर्दै तालिबानले असन्तुष्टि व्यक्त गरेको छ । तालिबानले उनीहरु शान्ति वार्ताका लागि अमेरिका पुगे पनि अफगानिस्तानमा युद्ध अन्त्य गर्ने “वास्तविक इस्लामिक विधि” भएको प्रतिक्रिया दिएको छ ।

तालिबान समूह र अफगान सरकारबीच वार्ता प्रक्रिया महिनौँदेखि स्थगित छ । र तालिबान हमला समेत पछिल्लो समय बढ्दो क्रममा छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button