अपागं महिलाको घरमा पनि डोजर चलान

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

हिजो २०७७-१०-०६ गते बाँकेको नेपालगंज उपमहानगरपलिका वडा नं. २० गायत्री गाउँपालिकामा २०५२ सालदेखि बस्दै आएका भुमिहिन बस्ती तथा शारिरीक अपागंता भएका व्यक्तीहरुको लागी बनाएको भौतिक संरचनाहरुलाई त्यसै वडाका वडाअध्यक्ष र त्यहाँ रहेको आर्दश मा. वि. का हेडमास्टरले प्रहरी बल प्रयोग गरी सम्पुर्णरुपमा भत्काएको छ ।

 

वडाले त्यहाँका सुकुमबासीहरुलाई उचित तरिकाको स्थापित नगर्दै विस्थापित गरेको छ ।
अहिलेकोे १५ देखि १० डिग्रीको यस्तो चिसोमा राती शीतलहर चलेको अवस्थामा आफू बाहिरै विना छानो ३ छोरीहरु लाई काखमा राखी रात कटाएको त्यहाँको बताउनुहुन्छ ।
वडाअध्यक्षले दिउँसो डोजर लगाएर भत्काउने बेला बेलुका त्रिपालको ब्यवस्था गरिदिन्छु भनेर भनेता पनि त्यो कुरामा मात्र सिमित राखेको पिडित पक्ष बताउँछिन ।

त्यहाँ भएको भुमिहिन बस्ती विधालयको जग्गा भित्र परेको र त्यो बस्तीलाई जसरी पनि हटाउनु पर्ने माथिबाट आफुलाई आदेश आएको वडाका वडाअध्यक्ष कृष्ण कार्की बताउँछन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button