‘अन्याेलमा विध्यालय’ कलिला बालबालिकाहरु तास खेल्न सिक्दै (भिडियो रिपोर्ट )

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

क्षितिज/पुर्व-पश्चिम हाईवेकाे भानु चाेकबाट करिब एक किलोमिटर उत्तरतिर बाक्लै थारु समुदायकाे बस्ती छ। बर्खाकाे समयमा याे समुदायको बालबालिकाहरू माछा मार्ने , गाईबस्तु चराउने काममा ब्यस्त हुनुका साथै तास खेलेर दिन काटिरहेका छन्।

बर्दिया जिल्लाको बांसगडि-३ उत्तरभकारीमा पर्ने याे बस्तीमा श्री शिव निम्नमाध्यमिक विध्यालय छ।

काेराेना संक्रमण सुरु भएदेखि यता विध्यालयहरु बन्द छ। भाैतिक दुरी कायम नगरे संक्रमणकाे जाेखिम हुने भएकोले सरकारले नै विध्यालय खुलाएको छैन।

काेराेनाकाे दाेस्राे लहरकाे चपेटामा परेका विध्यालयहरु मध्ये निजी विध्यालयहरु कक्षा सन्चालनकाे वैकल्पिक माध्यम अनलाइन माध्यम वाट शिक्षाको पुरानै लयमा फर्किन काेसिस गरिरहेको छन् भने कतिपय सामुदायिक विधालयहरु अन्याेलमै माथिको आदेश पर्खेर बसि रहंदा हजारौं बालबालिकाहरूकाे भविष्य अन्धकार तिर धकेल्लिरहेकाे छन्।

यसै अन्तर्गत शैक्षिकसत्र ०७६-७७ मा २४२ जना विध्यार्थी रहेकाे श्री शिव निमाविमा स्कुल सन्चालनकाे अत्तोपत्तो नभएको र जिल्ला शिक्षा कार्यलयले पनि कुनै निर्देशन नदिएको विध्यालयका प्रधानध्यापक सरस्वती सापकोटाले बताईन्।

‘ज्यान जाेखिममा पारेर केटाकेटीलाई स्कुल पठाउन सक्छ? मेयर र माथिको आदेश नआउन्जेल पठाउदैनाैं’ विध्यालय व्यवस्थापन समितिका अध्यक्ष गाेरेटाे थारुले भने।

कक्षा सन्चालनकाे कुनै पनि वैकल्पिक माध्यम अपनाउन नसके पनि नयाँ शिक्षिकामा निर्मला सुवेदी नियुक्ति भएकि छिन् । उनी प्रा.वि.काे राहत काेटामा गत भाद्र चार मा नियुक्ति भएको हाे।

विध्यालय प्रााङ्गगड झाडिले ढाकिनुका साथै कक्षाकोठामा फाेहरमैलाले कुरुप हुंंदा कराेडाैंकाे नयाँ भाैतिक संरचनाकाे स्वरुप नै फेरिएको देखिन्छ । अब चाडैंनै सरसफाइ गर्ने प्रधानध्यापक सापकोटाले वताईन्।

बालबालिकाहरू तासखेल्दै बराल्लि्रहेकाे अनबिज्ञ जनाउदै वैकल्पिक माध्यम तथा घरदैलो कार्यक्रमकाे लागि शिक्षक र अविभावकहरु संग छलफल थाल्ने सापकोटाले भनिन् ।

यसरी सामुदायिक विध्यालयहरुले समय र परिस्थिति अनुकूल कक्षा सन्चालन गर्न नसक्दा विध्यार्थीहरुकाे शैक्षिक भविष्य अन्याेलमा पर्नुकाे साथै सामुदायिक विध्यालयप्रति अविभावकहरुकाे भराेसामा कमी हुंदै गएको देखिन्छ।

भिडियो रिपोर्ट हेर्नुस्

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button