अनलाइन(इसेवा)भुक्तानीमा समस्या, विद्युतकार्यलयमा उपभोक्ताको घुइचो

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

अल्ब्रिना सिंह / नेपालगन्ज अनलाइन(इसेवा) भुक्तानीमा समस्या आएकाेले विद्युत प्रधिकरणमा चार दिन देखी उपभोक्ताको घुईचो छ । उपभोक्ताहरू प्राधिकरणमै विद्युत महसुल  तिर्न आउंदा  कोरोना संक्रमणकाे जोखिम बढेको हाे।

यस विषयमा नेपालगञ्ज विद्युतकार्यलय प्रमुख लखन लला मल्लिकले समस्या बारे काठमाडौंको बिल डिपार्टमेन्टमा खबर पठाइ सकेको कारण थाहा पाउन कठिन भएकोले नेपालगन्जमा  यस बारे जानकारी दिन असमर्थ रहेको स्विकारे।

उपोभोक्ताहरुले बताए अनुसार यस्तो समयमा उहाँहरु महशुल बुझाउन कार्यालयमै आउन बाध्य भएको हो।

नेपालगञ्जको उखरमाउलो गर्मिमा पालो पर्खेर बसेका एक उपभोक्ताले भने ‘समयमै महसुस नबुझाए विद्युत काटिने भएकोले यहाँ आउनु परेको हो।’

नेपालगञ्ज विद्युतको कार्यलय प्रमुख मल्लिकले खजुरामा इसेवा चलिरहेको र नेपालगन्जमा मात्र यो समयमा देखिएकोले जति सक्दो चाँडो यो समस्यालाई निवारण गर्ने जानकारी दिए।धेरै जस्तो उपोभोक्ताहरु म्याद सकिने अन्तिम समयमा महशुल बुझाउन अएकोले पनि घुइँचो बढेकाे हाे। विद्युत प्रधानिकरण निषेधाज्ञामा पनि सुचारु भैरहेको उनले बताए।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button