अधिवेशन बाटै प्रदेश १ को नामको टुंगो लगाउने: यस्तो छ सम्भावित नामहरु।

Spread the love
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

प्रदेश सरकार गठन भएको ३ बर्ष वितिसक्दा पनि प्रदेश १ को नाम जुराउन सकेको छैन । प्रदेश १ का मुख्य मत्री शेरधन राइले प्रदेश सभाको बजेट अधिबेसनमा प्रदेशको नाम राख्ने प्रक्रिया अघि बढाउन आग्रह गरे संगै नामकरणको विषय फेरी चर्चामा आएको छ ।

बजेट अधिवेशन बाट नामको टुंगो लगाउन प्रस्ताव गरेपछि दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा माओवादी केन्द्र प्रदेशको नाम राख्दा पहिचान जोड्नुपर्ने पक्षमा उभिएका छन् भने एमाले र कांग्रेसको धारणा समान रहेको छ ।

२०७६ वैशाख २३ गते प्रदेश १ को राजधानी घोषणा गर्दा नामको विषयमा सहमति जुट्न नसकेपछि छोडिएको थियो । प्रदेशको नामको विषय यतिवेला सार्वजनिक तथा राजनीतिक बहसको उत्कर्षमा पुगेको छ ।

प्रदेश १ को नामको लागि कोशी प्रदेश, कोशी—सगरमाथा, सगरमाथा—किरात, कोशी—किरात, लिम्बुवान—खुम्बुवान,कोशी—लिम्बुवान , विराट र विजयपुर चर्चामा आएका छन् ।

नेकपा माओवादी केन्द्रका प्रदेश १ संसदिय दलका नेता इन्द्रबहादुर आङंबोले प्रदेशको नामाकरण गर्दा पहिचानको विषय जोडिनु पर्ने बताउनु भएको छ । उहाँले प्रदेश १ को नाम किराँत प्रदेश राख्न उपयुक्त हुने बताउनु भयो ।

प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता हिक्मत कुमार कार्कीले छलफलको माध्यमबाट नामको टुंगो लगनउने बताउनु भएको छ । उहाँले बाहिर जति हल्ला आएपनि छलफलबाट साझा धारणा बनाएर अघि बढ्ने बताउनु भयो ।

उहाँले दुईबर्ष अघि राजधानीको टुँगो लगाउदा सवै दलहरु एउटै ठाँउमा उभिएको हुनाले नामकरणको विषयमा पनि सहमति गरेर जाने बताउनु भयो ।

उहाँले सहमति हुन नसके संविधानत बहुमतबाट यहि अधिवेसनमा नामकरणको टुगों लगाउने बताउनु भयो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button